एसियाली विकास बैकद्वारा नेपाललार्इ १५ अर्ब ऋण सहायता

मंसीर ११, काठमाडाैं । एसियाली विकास बैकले विभिन्न आठ वटा नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड नेपाली रुपैयाँ ऋण सहायता गर्ने भएको छ । विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि एसियाली विकास बैकले ऋण सहायता उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शङ्कर प्रसाद अधिकारी र एसियाली विकास बैकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ वर्ष सम्म सयकडा १ प्रतिशत र त्यसपछि १ दशमलव ५ प्रतिशत ब्याज नेपालले तिर्नुपर्ने छ ।

मुख्य गरी यो आयोजना लागु हुने नगरपालिकाहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साइट बन्ने अर्थ सचिव शङ्कर प्रसार अधिकारीले जानकारी दिए । दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसँग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =