चार अरब देशले राखेको सर्त कतारले गर्यो अस्वीकार

असार ११, काठमाडौं । प्रतिवन्ध हटाउन चार अरब देशले राखेको १३ बुँदे सर्त कतारले अस्वीकार गरेको छन् । यससँगै कतारमा देखिएको संकट अझै लम्बिने आशंका बढेको छ । साउदी अरेबिया, इजिप्ट, यूएई र बहराइनले कतार माथि कडा प्रतिवन्ध लगाएका छन् । उनीहरुको आरोप छ कि कतारले आतंकवादलाई सहयोग गरिरहेको छ ।

चार देशले हालै कतार सामु टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नुपर्ने लगायत १३ बुँदे माग राखेका थिए । १० दिनको अल्टिमेटम सहित अघि सारिएको मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नुपर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने छ । तर, कतारले भनेको छ, यो शर्त न त तर्क संगत छ न मान्न लायक नै छ ।

साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहरानी, यमन र लिबियाले दुई हप्ताअघि कतारसँग राजनीतिक तथा कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए । यससँगै कतारले अभूतपूर्व राजनीतिक र आर्थिक नाकाबन्दीको सामना गर्दै आएको छ । जबकी इरान र टर्कीले खाना र अन्य सामान आपूर्ति गर्दै आएको छ । कतारले भने चरमपन्थीलाई आर्थिक मदत गरेको र क्षेत्रीय अस्थिरता बण्ेको आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =