इपिएल चौथो दिन : भैरहवा ग्ल्याडिएटर्स र काठमाडौं किङ्स इलाभेन विजयी

पुस ६, काठमाडौं। एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल अन्तर्गत आज भएका खेलहरुमा भैरहवा ग्ल्याडिएटर्स र काठमाडौं किङ्स इलाभेन विजयी भएका छन् । पहिलो खेलम भैरहवाले ललितपुर प्याट्रियट्समाथि ४ विकेटको जित निकाल्यो भने दोस्रो खेलमा काठमाडौंले चितवन टाइगर्समाथि ३ विकेको रोमाञ्चाक जित दर्ता ग¥यो ।

प्रतियोगितामा भैरहवाको लगातार दोस्रो जित हो । त्यस्तै काठमाडौंले आफ्नो तेस्रो खेलमा पहिलो जित निकालेको हो । दुई खेल खेलेको चितवन टाइगर्स अझै जितबिहीन छ । ललितपुर प्याट्रियट्सले १४२ रनको लक्ष्य पछ्याएको भैरहवाले ६ विकेट गुमाएर इनिङको अन्तिम बलमा जित हासिल गर्दा कृष्ण कार्कीको चौका निक्कै महत्वपूर्ण रह्यो।

१९.५ ओभरमा रोहितकुमार पौडेल रनआउट भएपछि आएका कार्कीले सुबोध भाटीको बलमा चौका प्रहार गरे । त्यसोत भैरहवाको जितमा रोहित पौडेलको इनिङ सबैभन्दा निर्णायक थियो । उनले ११ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेपछि भैरहवाको जितको आधार तय भएको थियो । त्यसअघि पुनित विष्टले पनि अर्धशतकीय पारी खेलेका थिए ।

मोहम्मद आरिफ शेख २७ रनमा अविजित रहे । बलिङतर्फ ललितपुरका योगेश नागरले २ विकेट लिए । यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि योगेश नागरले ५४ रनको अर्धशतकीय पारी खेले पनि कप्तान ज्ञानेन्द्र मल्ले पनि ४२ रन बनाए । मध्यक्रमका अन्य व्याट्सम्यानको प्रदर्शन सन्तोषजनक नहुँदा ललितपुरले पराजय ब्यहोर्नुप¥यो । बलिङतर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ तथा पुनित मिश्र र आरिफ शेखले २÷२ विकेट लिए । खेलको म्यान अफ द म्याच पुनित विष्ट चुनिए ।

दोस्रो खेलमा चितवनले दिएको १४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा ग‍¥यो । काठमाडौंका लागि कप्तान फारविज महारुफले ३९ रन बनाए ।

ओपनर सागर पुन ५ रनमै आउट भएपछि आएका महारुफले अर्का ओपनर अमित श्रेष्ठसँग मिलेर ६५ रनको साझेदारी गरे । अमितले ३८ रन बनाए । कुनै समय सहज जिततर्फ उन्मुख काठमाडौंका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा उसलाई जित हासिल गर्न अन्तिम ओभरसम्म कुर्नुपरेको थियो । काठमाडौंका लागि सागर कुमारले पनि २३ रन बनाएका थिए ।

बलिङतर्फ चितवनका प्रविन गुप्ताले २ विकेट लिँदा दिपेन्द्रसिंह ऐरी, साहव आलम र प्रमेश कुमारले एक एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १४२ रनको योगफल बनाएको थियो ।

चितवनका लागि ओपनर दिलिप नाथले ४६ र सविज खानले २७ रन बनाए पनि अन्यको प्रदर्शन सन्तोषजनक भएन । चितवनले १४ अतिरिक्त रन पाएको थियो । बलिङतर्फ काठमाडौंका कप्तान महारुफले ३ विकेट लिँदा सागर पुन, अमरसिंह रौतेला र विक्रम भुसालले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाडौंका कप्तान महारुफ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =