एक करोड लगानीमा काठमाडौंमा ‘सुटमाण्डू’ ‘विश्वस्तरीय गुणस्तर पाइने’

काठमाडौं , भदौ १६ । सुदूरपश्चिममा प्रख्याती कमाएको मोडर्न तयारी पोशाक तथा उद्योग ‘ब्राण्ड’ले काठमाण्डौमा आफ्नो सेवाकेन्द्र सञ्चालनमा ल्याउने भएको छ । २०५१ सालमा मोडर्न तयारी पोशाक उद्योगको रुपमा कञ्चनपुर महेन्द्रनगरबाट सेवा प्रारम्भ गरेकोे उद्योगले ‘सुटमाण्डू’ नयाँ पहिचान सहित पाँचौ सेवा केन्द्रको रुपमा काठमाण्डौको पुतलिसडकमा सञ्चालनमा ल्याइएको हो । ‘सुटमाण्डू’ सेवा केन्द्रको भदौ १८ गते आइतबार एक विशेष कार्यक्रमका बिच उद्घाटन कार्यक्रम रहेको छ ।

उक्त सेवा केन्द्रको उद्घाटन रोटरी इन्टरनेशल डिस्ट्रिक ३२९२ का निवर्तमान डिस्ट्रिक गभर्नर जयाराज्यलक्ष्मी शाहले गर्ने कार्यक्रम रहेको सञ्चालक प्रकाश दर्जीले बताए । दर्जी रोटरी क्लव अफ धनगढीका जोइन्ट सेक्रेटरी पनि हुन् । शुक्रबार पत्रकारसंग कुरा गर्दै सञ्चालक दर्जीले दशैको आगमनसंगै सेवाग्राहीलाई मौलिक पोशाक पस्कने उदेश्यले ‘सुटमाण्डू’ सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘सुटमाण्डू’को अर्थ बताउँदै दर्जीले भने ‘सुटको अर्थ पोशाक र माण्डूको अर्थ माणु(मन्दिर) हो । जसरी भगवान खोज्न मन्दिर गइन्छ त्यसरी कपडा खोज्न सुटमाण्डू गइन्छ भन्ने हो । साथै यसको अर्थ हामी सामानको गुणस्तर ग्राहकको सुन्तुष्टि र आवश्यकतामा कुनै कम्प्रोमाइज गर्दैनौ भन्ने पनि हो ।’ सुटमाण्डूको मोटो(नीति) नै गुणस्तर र सन्तुष्टि भएकोले आफ्नो सेवामा कुनै सेवाग्राहीले गुनासो गर्ने ठाउँ नरहने उनले बताए ।

‘आत्मा सुन्तष्टिको जसरी मन्दिर गइन्छ, सुटमाण्डूले पनि आफ्नो सेवामा गुणस्तर, सन्तुष्टि दिन्छ । त्यसो हुन सेकन भने हामी ग्यारेण्टीका साथ सामान फिर्ता लिन्छौं’ आफ्नो उत्पादनप्रति विश्वास दिलाउदै दर्जीले भने । यही मौलिक प्रविधीको गुणस्तरले ‘माडर्न ब्राण्ड’ यहाँ पाचौ सेवा केन्द्रसम्म आएको बताउँदै सुटमाण्डूले थप सेवाग्राहीको मन जित्ने उनले दावी गरे ।

२०५१ सालमा स्थापना भएको मोडर्न तयारी उद्योग २४ वर्षे यात्रामा पाचौ सेवा केन्द्रको सुटमाण्डौ आइपुगेको हो । यसअघि २०६३ सालमा कैलालीको धनगढीमा मोडर्न तयारी पोशाक, २०६७ सालमा मोडर्न महिला फेशन जोन धनगढी र २०६९ सालमा सुटगढी धनगढी स्थापना भएको थियो । आफ्नो ब्राण्डप्रतिको ग्राहक आकर्षणलाई थप महत्व दिँदै यसको विस्तारमा जुटेको सञ्चालक दर्जीको भनाई छ । करिब १ करोड रुपैयाँको लगानीमा सञ्चालन हुन लागेको सुटमाण्डौमा २ जना व्यवसायीक साझेदार रहेका छन् ।

मोडर्न तयारी पोशाक उद्योगको लोकप्रियता र साथीको सम्बन्ध थप उचाइमा राख्न म पनि यस व्यवसायमा जोडिएको हुँ’ अर्का साझेदार सुन्दर थापाले भने । मोडर्नले नाफामुखी व्यसायीक उद्योग मात्रै नभई यसले सामाजिक भेषभूषा र संस्कृति प्रर्वद्धनमा पनि सहयोग गर्दै आएको छ । यो सेवाभावलाई पुनः निरन्तरता दिने सञ्चालकद्धयको सोच छ । उनले आफूले आर्जन गरेको नाफाको केही अंश सामाजिक कार्यमा लगाउने उनीहरुले बताए । ‘सुटमाण्डूले आर्जन गरेको नाफाबाट निश्चित रकम सामाजिक सेवामा योगदान गछौं’ सञ्चालक थापाले भने ‘यस अघि पनि गरिरहेकै हो ।’

मोडर्न ब्र्राण्डका प्रख्यात मास्टर डिजाइनर हिक्मत बहादुर दर्जी र उनको टिम हो । यही टिमको परिकल्पना अनुसार स्थापना भएको सो उद्योग अनुभव र ४० वर्षे अनुभवी पाका यी डिजाइनरको दक्षता मिसिएको पोसाक सुटमाण्डूको तयार गर्नेछन् । नितान्त मौलिक र घरेलु प्रविधीको प्रयोग गरी ग्राहकलाई विभिन्न डिजायनमा लुगाहरु पस्कने बताइएको छ ।

हिक्मत बहादुर दर्जी अनुभवी मात्रै होइन्, नेपालकै अब्बल डिजाइनर हुन् । जुन यस अघि विभिन्न क्षेत्रबाट पुरस्कृत भइसकेका छन् । उनी मोडर्न तयारी पोशाकका सञ्चाक पनि हुन् । सुटमाण्डौमा विभिन्न अफिसियल सुटहरु, कम्पनी, वित्तीय क्षेत्र, विद्यालयका औपचारिक डे«स अर्डर अनुसार तयार गरिने बताइएको छ । विश्वस्तरीय इटालियन स्तरका कपडा, भारतीय रेमण्ड, ग्रेसिम,चनार ब्राण्ड तथा सुदूरपश्चिममा पाइने अल्लो(सूती) का कपडा र नेपाली मौलिक घरेलु प्रविधीबाट उत्पादित कपडा तथा पोशाक पाइने दर्जीले बताएका छन् । सुटमाण्डौबाट सबै किसमका ग्राहकले लाभ लिन सक्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =