मनोज मिश्र ‘नाइके’बनेर उदाएपछि लोड सेडिङ अन्त्य गर्ने कुलमानको सपना चकनाचुर

काठमाडौँ, भदौँ १७ । अब,फेरि लोडसेडिङ निम्तिने पक्का जस्तै भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङका निकटतम चार सहयोगीहरुको १३ पाने सम्पत्ति छानबिन अघि बढाएसँगै रुवाबासी चलेको छ । कुलमानका दाहिने हात नै भाच्चिएपछि कुलमान थलामा परेका छन् ।

अख्तियारमा अकुत सम्पत्ति कमाएको भन्दै उजुरी परेपछि अख्तियारले प्राधिकरणका उपमहाप्रबन्धकहरू राजीव शर्मा र हरराज न्यौपाने तथा प्रबन्धक एवं प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी र क्षेत्रीय प्रबन्धक राजन ढकाललाई १३ पाने फारम भराएसँगै प्राधिकरणमा हल्लीखल्ली मच्चिएको हो ।

अख्तियार कार्यालयका अनुसार प्राधिकरणका ४ जनालाई १३ पाने भराइएको छ। चार जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता गर्नेहरु मुकेश काफ्ले र मनोज मिश्र हुन् । काफ्ले र मिश्रले गत एक महिना अघि सहयोगीमार्फत अख्तियारमा १३ पानेका लागि निवेदन दर्ज गर्न लगाएका थिए । यससँगै चार जनाविरुद्ध अख्तियारले सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।

मिश्र को हुन् ? 

अख्तियारमा उजुरी दर्ज गर्न लगाउने दुई भाइमध्ये मनोज मिश्र तिनै व्यक्ति हुन्, जसले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काममा बाधा पुर्याएको आरोपमा गत पुसमा तत्कालीन उर्जामन्त्री जर्नादन शर्माले कारबाही गरेका थिए । शर्माले मिश्रसहित दुई भाइ (लक्ष्मण अग्रवाल र सुरज लामिछाने)लाई सञ्चालक समितिबाट बर्खास्त गरेका थिए । कारबाही पछि गुमनामझै रहेका मिश्रले प्राधिकरणका चार जनाको सम्पत्ति छानबिन गराउन अख्तियारलाई गुहारेका छन् । मिश्रसँगै,लोडसेडिङको व्यवस्थापन गर्न नसकेको भन्दै तत्कालीन पुष्पकमल दाहाल सरकारले प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेलाई पदबाट बहिर्गमन गरेको थियो ।

तर, यता प्राधिकरणले ‘यो उजुरी दर्ता गरेर लोडसेडिङ निम्त्याउने र कुलमान र प्राधिकरणलाई असक्षम पार्ने खेल हो । यसले कुलमानको सपनामा चकनाचुर बनाउँछ ।’ बताएको छ भने चार भाइ विरुद्ध परेको सम्पत्ति छानबिनका लागि आयोगले थमाएको १३ पाने फारम भरिसकिएको छ । अब, यसले प्राधिकरणलाई कामकारबाहीमा असर देखिएको छ । उपमहाप्रबन्धकहरू शर्मा,न्यौपाने,प्रवक्ता अधिकारी र क्षेत्रीय प्रबन्धक ढकाल कुलमान घिसिङका दाहिने हात थिए । स्रोतका अनुसार अब, कुलमानलाई कामकारबाहीमा कष्ट हुने बताइन्छ । हाल,हरराज न्यौपाने निर्माणाधीन जलविद्युत् आयोजनाहरूको नियमन गर्ने उत्पादन निर्देशनालयका प्रमुख हुन् भने प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा पनि कुलमानको कोर टिमका सदस्य हुन् । उनको नेतृत्वमा प्रसारण लाइनको निर्माण, सञ्चालन तथा सम्भार गर्ने कार्य भइरहेको छ ।

त्यस्तै,प्रबल अधिकारी प्राधिकरणका प्रवक्ता तथा विद्युत् व्यापार विभागका प्रबन्धक हुन्पू भने पूर्वाञ्चलको कोसी करिडोरका इन्चार्ज राजन ढकाल क्षेत्रीय प्रबन्धक हुन् । बाढीले क्षतिग्रस्त पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा बसेर झापा, मोरङ तथा सुनसरीमा विद्युत् प्रसारण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनामा उनको मुख्य भूमिका रहेको स्रोत बताउँछ छ । तर, १३ पाने भर्न लगाइएपछि उनीहरू चारैजना काममा आउन छाडेको र कार्यालयमा आए पनि कसैको सम्पर्कमा नरहेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =