कञ्चनपुरमा समाचार संकलन असहज भएपछि पत्रकारहरु आन्दोलित

मंसिर २३, महेन्द्रनगर । कञ्चनपुर जिल्लामा मतगणनाको समाचार संकलन सहज नभएपछि पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीको नेतृत्वमा महासंघले मतगणना स्थल अगाडी धर्ना दिइरहेको पत्रकार मोहन विष्टले जानकारी दिए ।

कञ्चनपुर जिल्लाका क्षेत्र नं १ र २ को मतगणना भिमदत्त नगरपालिका कार्यालयमा भइरहेको छ भने क्षेत्र नं ३ को जिल्ला समन्वय समितिको कार्यालयमा भइरहेको छ । पत्रकारहरुले भिमदत्त नगरपालिकाको गेट अगाडी बसेर धर्ना दिएका हुन् ।

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता लिएको पत्रकार लक्ष्मी चौधरीले जानकारी दिएकी छन् । केहीबेर अगाडी प्राप्त परिणाम अनुसार प्रतिनिधि सभा क्षेत्र नं १ मा वाम गठबन्धनकी उम्मेदवार बिना मगरले ६०५८ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिवानसिंह विष्टले ३०३९ मत ल्याएका छन् ।

यस्तै, क्षेत्र नं २ मा वाम गठबन्धनका नरबहादुर धामीले ७०६३ मत ल्याउँदा कांग्रेसका एनपी सावदले ४६५७ मत ल्याएका छन् । भने क्षेत्र नं ३ मा वाम गठबन्धनका दीपकप्रकाश भट्टले ६३५३ मत ल्याएका छन् भने कांग्रेसका रमेश लेखकले ६०६१ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =