कोहिनुर सुपरमम डान्सको उपाधि ईटहरीकी गंगालाई

पुस २०, धरान । सुनसरी स्तरीय पहिलो कोहिनुर सुपरमम डान्स प्रतियोगितामा इटहरीकी गंगा राई विजेता बनेकी छन् । धरानको सैनिक भवनमा सम्पन्न प्रतियोगितामा टपटेनका ९ स्पर्धीलाई पछि पार्दै राई विजेता बनेकी हुन् । उनी वेष्ट कन्फिडेन्सको टाइटलसमेत जितिन् ।

इटहरीकै सुस्मा राई फष्ट रनर अप साथै वेष्ट अर्नामेन्ट्सको टाइटल जितिन् । धरानकी रविना राई तेस्रो बनिन् । सान्तवना पुरस्कार जितेकी नन्दा लिम्बूले बेष्ट मेकअपको टाइटल समेत जितिन् । अन्य टाइटलमा बेष्ट स्माइल अञ्जना राई, वेष्ट ड्रेस खेसेहाङ्मा राई, मोष्ट व्युटिफूल रविना राई, बेष्ट डिसिप्लिन सुरेखा लिम्बू र वेष्ट फ्रेण्डसिप रिना चाम्लिङ घोषित हुँदै ट्रफी पाए ।

विजेता गंगाले फिल्ममा काम गर्ने मौका, तीन महिने निःशुल्क व्युटि कोर्ष, म्युजिक भिडियो र विज्ञापनमा खेल्ने मौकासमेत प्राप्त गरेको कार्यक्रम संयोजक रोशन वान्तवा सुच्चा राईले बताए । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, अध्यक्ष चन्द्रकुमारी राईले ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।

गत असारदेखि शुरु भएको प्रतियोगितामा ४६ जनाले अडिसन दिएका थिए । विवाहिता नारीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक राईले बताए । कार्यक्रममा रोशन वान्तवा, ओम चाम्लिङ, रणदीप राई, कला राई, विशन राई र अस्मिता रिजालले गीतहरु प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायकमा निका मोक्तान, नन्दा राई र मणीकुमार लिम्बू रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =