भरतपुरमा पुनः मतदान, (आयोगको विज्ञप्ति सहित)

जेठ २०, काठमाडौँ । मतपत्र च्यातिएपछि स्थगित भएको चितवन भरतपुर महानगरपालिकाको वडा नंं १९ को मतदान पुनः हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले १९ नंं वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले विज्ञप्ति प्रकाशित गरी मतपत्र च्यातिएको १९ नंं वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
आयोगले सो वडामा खसेको सम्पूर्ण मतलाई अवैध घोषित गरी पुनः मतदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रकाश शर्माले बताए ।
आयोगले जेठ १५ गते आयोगका सहन्यायाधिवक्ता गीतापसाद तिम्सिनाको नेतृत्वमा पठाएको स्थलगत अनुगमन टोलीले बुझाएको प्रतिवेदन अनुसार सो वडाको मतगणना भइरहँदा मतगणनास्थलमा उपस्थित दलका प्रतिनिधिहरूले गणना भएका नभएका मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितूल्य बनाई असामान्य अवस्था सृजना भएकोले काबू बाहिरको परिस्थिति भएको बताएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएकोले कब्जाबाट असर परेको भरतपुर १९ नंं वडाको पुनः मतदान गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस्, आयोगको विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =