नीताले पाइन् ‘उत्कृष्ट मुख्य अभिनेत्री’ अन्तरर्राष्ट्रिय सम्मान

न्यूयोर्क । अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकि छिन् । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा नायिका निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

महोत्सवमा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र ‘पञ्चायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा पुरस्कार जितन सफल भएको छ । पञ्चायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।

यसरी नेपाली चलचित्र अन्तर्राषट्रिय महोत्सव सहभागिता र सम्मानित हुँदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठूलो सहयोग र अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवी बढने छ भनि सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए ।
सानै उमेरदेखि अभिनयमा लागेकी ढुंगानाले हालसम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरिसकेकी छिन । उनका चर्चित चलचित्रहरु दबाव, छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई,निर्भय लगायत पछिल्लो चलचित्र पञ्चायत हुन् ।

नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगाना अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =