आज शनिवार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, माघ ६ ।

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आज दिनमा हजुरलाई जताबाट पनि खुशीको खबर सुन्न पाउने योग बनेको छ। एक्कासी धन तथा जमीन लाभ हुने योग देखिएको छ। आजको दिनमा सरकारी स्तरबाट सम्मान पाउने योग छ आजको दिनमा जप्ने मंत्र ॐ केशवाय नमः ।मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,

वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आज दिनमा हजुरको स्वास्थ्य राम्रो हूनेछ। आजको दिनमा सोचेको काममा सफलता पाईने छैन आजको दिनमा हजुरलाई मानसिक कष्ट पर्ने योग देखिएको छ आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः ।वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4,

मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने योग देखिएको छ साथै आजको दिनमा हजुरको आफ्नै गल्तिले हजुरको बन्न लागेको काम बिग्रने छ। आजको दिनमा चोटपटक लाग्ने योग बनेको हुनाले सडकमा हिड्दा ख्याल गर्नुहोला। आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8,

कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा हजुरको सरकारी स्तरको काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्ने योग देखिएको छ। आजको दिनमा हजुरलाई व्यापार व्यवसायमा घाटा हुनेछ तथा हजुरको आत्मसम्मानलाई ठेस लाग्ने कुरा सुन्न पर्ने हुन्छ। आजको दिनमा ॐ हनुमते नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7,

सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनाको साथै मानसिक शान्ति तथा आराम मिल्ने योग देखिएको छ। आजको दिनमा पारिवारिक सहयोग एवं नयाँ ठाउँमा जाने योग परेको छ। बिहानको स्नानपछि ॐ महालक्ष्म्यै नमः । सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4,

कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको आर्थिक पक्ष मजबुत हुनाको साथमा स्वास्थ्य राम्रो हूनेछ। आजको दिनमा यश किर्ति बढ्ने तथा घरमा नयाँ चहल-पहल एवं शत्रु माथि विजयी हुने योग परेको छ।आजको दिनमा हजुरले आटेको काम पुरा हुनेछ। ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23

तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा हजुरले आटेको सबैकाममा विघ्नबाधा तथा असफलता मिल्ने योग परेको छ। आजको दिनमा हजुरलाई वायुरोग एवं शोक पर्ने खबर सुन्न पर्ने हुन्छ। आजको दिनमा यात्रा फलदायी हुने छैन ।आजको दिनमा हजुरलाई मानसिक चिन्ता हुनेछ। आजको दिनमा ॐ हनुमते नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,

वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरको आफ्नो पारिवारिक सदस्य संग विवाद पर्ने तथा मन चंचल हुनेछ। आजको दिनमा आटेको काममा विघ्नबाधा तथा खानामा गडबड़ी हुने योग देखिएको छ र कम्मर तथा पेट सम्बन्धित रोग लाग्नेछ। आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18,

धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा आरोग्यता प्रसन्नता तथा. सबैकाममा सफलता मिल्ने योग बनेको छ। आज दिनको मध्यमा आर्थिक पक्ष मजबूत हुनेछ तथा धार्मिक तथा सामाजिक काममा मन जानेछ। आजको दिनमा ॐ बृ बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार ,राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12,

मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा हजुरलाई मानसिक असन्तोष तथा आँखामा कष्ट हुने योग देखिएको छ। आजको दिनमा हजुरको स्वास्थ्य खराब हुनेछ तथा प्रेममा धोखा तथा सामाजिक स्तरमा अपजस पाईनेछ। आजको दिनमा ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4,

कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो तथा आदर सत्कार पाउने योग बनेको छ। आजको दिनमा हजुरलाई पारिवारिक सहयोग तथा विद्या र प्रेम क्षेत्रमा राम्रो हुनेछ। आजको यात्रा हजुरलाई फलदायी हुनेछ। यदि हजुरलाई नयाँ कामको शुरुवात गर्न मन लागेको छ भने आजबाट गरेको राम्रो हुनेछ। आजको दिनमा ॐ शुं शुक्राय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,

मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरलाई मानसिक पीड़ा तथा हजुरको आत्मसम्मानलाई ठेस पुग्नेछ। आजको दिनमा हजुरको आफन्तजन आफ्नै विरोधी भैदिन्छन् तथा काममा झ्याऊ झमेला हुनेछ। आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक
भाग्य अंक: 3, 7, 12,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =