धनकुटामा बत्ती बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु
२०७६ फागुन १९ गते

फागुन १९, धनुटा । आईतबार राति धनुकटामा बत्ति बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रातको १० बजेको समयमा धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा पोल चढेर बत्ति बनाउने क्रममा २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा बत्ती नआएपछि बत्ती बनाउँन पोल चढेका राई करेन्ट लागेर गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका राईको उपचारको क्रममा धनकुटा जिल्ला अस्पताल रातको करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








