राष्ट्रिय जनमोर्चाबाट नेपाली, अधिकारी र पुन राष्ट्रिय सभाका उम्मेदवार

काठमाडौं, माघ  ९। राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यका तीन उम्मेदवार छनोट गरेको छ । प्रदेश ४ र ५ का तीन सिटमा उम्मेदवारी दिने उसको निर्णय छ ।

जनमोर्चाले प्रदेश ४ को खुलातर्फ कृष्ण अधिकारी र महिलातपर्ल मिना पुनलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश ५ को खुला रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

 

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्षको हैसियतमा रहेका नेपाली पूर्व सांसद समेत हुन् । यस्तै राजमो निकट महिला संघकी अध्यक्ष मिना पुन पनि पहिलो संविधान सभाकी सदस्य थिईन् ।

पूर्व विद्यार्थी नेता कृष्ण अधिकारी अनेरास्ववियू(छैठौं)को लामो समयसम्म अध्यक्ष थिए । उनले राजमोको सचिवका रुपमा समेत लामो समय काम गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =