कांग्रेस घोषणा पत्र : वामगठबन्धन अवसरवादी र नक्कली राष्ट्रवादीको सत्तास्वार्थ

कार्तिक १४, काठमाडौं । नेपाली कांग्रेसले आगामी संघीय र प्रदेश निर्वाचनको लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा कांग्रेसले बाम गठबन्धनलाई भ्रष्टाचारीहरुको गठजोड भएको आरोप लगाउँदै सत्ता स्वार्थको गठबन्धनको संज्ञा दिएको छ ।

कांग्रेसले माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादीको आरोप लगाएको छ भने एमालेलाई मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ ।

कांग्रेसले आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता एजेण्डा समेटेर घोषणापत्र तयार पारेको छ । कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी भएको आरोप पनि लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =