व्यापारीको खोजि गर्न दाङका १०० बढी युवाहरु जंगल पसे

जेठ, ३१ नेपालगञ्ज । विगत ६ दिनदेखि सम्पर्क विहिन रहेका दाङका दुई व्यापारीको खोजि गर्न दाङका १०० बढी युवाहरु जंगल पसेका छन्। घोराहीका घनबहादुर घर्तीको नेतृत्वमा ५० र तुलसीपुर क्षेत्र तथा सल्यानका स्थानी युवाहरु समेत गरि १०० बढी युवाहरु जंगल पशेर व्यापारीको खोजिमा लागेका हुन्।
दाङका जिल्ला प्रहरी  प्रमुख एवं एसपी धिरजप्रताप सिंहले मंगलवारदेखि तीन सय जति प्रहरीसँगै १०० बढी युवाहरु सल्यानको जंगलमा पसेर अपहरणमा परेका व्यापारीको खोजि गरेका छन्। गत शुक्रवार रातिदेखि तुलसीपुरका व्यापारी ५८ वर्षीय राजकुमार श्रेष्ठ र घोराही  हापुरका अन्दाजी ३२ बर्षीय रनवहादुर घर्ती हतियारधारी समूहको अपहरणमा परेको आशंका हुँदै आएको छ।उनीहरु सँगै थप एक युवतीलाई पनि हतियारधारी समूहले बन्धक बनाएको आशंका हुँदै आएको छ। अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको निजी कार भित्र लेडिज स्यान्डिल फेला परेकोले त्यस्तो आशंका गरिएको दाङका प्रहरी प्रमुख एसपी सिंहले बताए।
युवतीको प्रयोग गरि व्यापारीको अपहरण गरिएको हुनसक्ने आशंका गरिए पनि हालसम्म युवती अपहरणमा परेको भन्ने कुनै ठाउँबाट सूचना नभएको प्रहरीले बताएको छ।शुक्रबार राति साढे ९ बजेको समयमा सल्यानको रिममा रनबहादुर घर्ती र थप तीन जना भारतीय नागरिक सवार भारतीय कारमा ढुङ्गा प्रहार गरि उनीहरुको मोवाईल र नगद लुटपाट भएको थियो।
ठीक त्यति बेला आफ्नो निजी कारमा त्यहाँ पुगेका भनिएका व्यापारी श्रेष्ठ र रनवहादुर घर्तीलाई अपहरणकारीले नियन्त्रणमा लगेको प्रत्यक्षदर्शी भारतीय नागरिकले प्रहरीलाई बयान दिएका छन्। यसैबीच दुई दर्जन बढी युवाहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताउनुभयो ।
उहाले त्यतिकै संख्यामा अन्य शंकास्पद युवाहरुलाई निगरानीमा राखेर साँझ बिहान नियमित कार्यालयमा बोलाउने तथा सोधपुछ गर्ने गरिएको बताउनुभयो । व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका भनिएका थप दुई जना व्यक्तिको अवस्था भने छ दिन पुग्दा सम्मपनि अज्ञात नै छ।व्यापारी श्रेष्ठको बा ११ च १०७१ नम्वरको निजी कार र घर्ती लगायत तीन जना भारतीय नागरिक सवार जिए ११८६४८ नं.को भारतीय नम्वर प्लेटको गाडी सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा जेठ २७ गते बिहान फेला परेको थियो।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =