बम आक्रमणमा अफगास्तिामा १२ को मृत्यु

अफगानिस्तान, १२ भदौ । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्ड आइतबार राति अफगान सुरक्षा बल लक्षित एक आक्रमणमा १२ व्यक्तिको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरूले सोमबार सो जानकारी दिएका छन् ।

नावा जिल्लाको एक सडकमा सैनिकको एक जथालाई लक्ष्य गरी रातीको समयमा विस्फोटक पदार्थले भरिएका एक कार विस्फोट गराउँदा १२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते समेत भएका छन् ।

घटनाको क्रममा १२ जनाको भने घटनास्थल मै मृत्यु भएको बताइएको छ । यद्यपि यस प्रान्तीय सरकारका प्रवक्ता ओमार जवाकले यस आक्रमणमा १३ व्यक्तिको मृत्यु भएको बताएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =