चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज, यस्ताे छ

काठमाडौं, माघ १८ । चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ ।फिल्मका निर्माता प्रकाशचन्द्रले भने, ‘निर्जला फिल्म मार्फत मैले निर्माणमा हात हालेको छु । म एउटा फिल्म बनाएर हराउने मेकर होइन् ।,

मार्केटलाई बिस्तारै बुझ्दैछु । आफ्नो व्यवसाय र फिल्मलाई एकसाथ अगाडि बढाउनेछु ।’ यता निर्देशक गिरीले यस अघिका आफू निर्देशित फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताए ।

उनले ‘निर्जला’ सामाजिक कथावस्तुमा आधारित रहेको बताए ।पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । ‘निर्जला’ मा अशोक खड्काको द्धन्द, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । चलचित्र आगामी २०७५ सालको बडादशैंलाई लक्षित गर्दै फूलपातीको दिनदेखि रिलिज गराइने निर्माण स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =