आज राती विद्युत सटडाउन हुने

माघ २२, काठमाडौँ । मेलम्ची खानेपानीको पाईपलाइन विस्तारका लागी आज राती विद्युत सटडाउन हुने भएको छ । महाराजगंज–बूढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल निर मेलम्ची खानेपानीको पाइप बिछ्याउनका लागि नेपाल विद्युत प्राधिकरणका आठ वटा फिडरहरु आज राति सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार महाराजगंज ११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित ११ केभी लाइनको खानेपानी, धापासी, बूढानिलकण्ठ, गोल्फुटार, हस्पिटल, बाँसबारी, बालुवाटार र गंगबु फिडर यसबाट प्रभावित हुनेछन्।

आज राति १० बजेदेखि मध्यरात १२ बजेसम्म टोखा रोडका सबै खानेपानी पम्पहरु, ग्राण्डी, गंगालाल र न्युरो अस्पताल, बाँसबारी खानेपानी, सामाखुसी चोक, टोखा रोड, टोखा बजार, चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धरा चोक, जिरो पम्प वरपर लगायत यी फिडरहरुबाट विद्युत आपूर्ति भएका ग्राहकहरुको घरमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

विद्युत सटडाउन हुने क्षेत्रहरूः

धापासी, बूढानिलकण्ठ, गोल्फुटार, हस्पिटल, बाँसबारी, बालुवाटार र गंगबु फिडर

ग्राण्डी, गंगालाल र न्युरो अस्पताल, बाँसबारी खानेपानी, सामाखुसी चोक, टोखा रोड, टोखा बजार, चक्रपथ चोक, श्री टोल, धापासी, बसुन्धरा चोक, जिरो पम्प वरपर

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =