राईटपाथ करियर काउन्सेलिङ दोस्रो वर्षमा प्रवेश

पुस २४, काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेको राईटपाथ करियर काउन्सेलिङ प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् गत वर्ष पुस २४ गतेबाट औपचारिक रूपमा सेवा प्रारम्भ गरेको राईटपाथले आज वार्षिकोत्सवको अवसरमा अनौपचारिक रूपमा कार्यक्रम आयोजना गरेको छ ।

पुतलिसडक स्थित मुख्य कार्यालयमा आयोजित अनाैपचारिक कार्यक्रममा प्रमुख अतिथिमा साहित्यकार भद्रकुमारी घले हुनुहुन्थ्यो । उहाँले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राइटपाथले युवा विद्यार्थीहरूलाई विदेश गएर उच्च शिक्षा हासिल गरेर स्वदेशमै आउन अभिप्रेरित गर्न परामर्श दिएमा विद्यार्थी र देशकै विकास हुने बताउनु भयो ।

अनौपचारिक कार्यक्रममा आउनुभएकी साहित्यकार तथा शिक्षासेवी घलेले विद्यार्थीको उज्ववल भविष्य निर्माणमा कन्सल्टेन्सीले सही बाटो देखाए त्यसले समाज र राष्ट्र निर्माणमा समेत सहयोग पुग्ने भन्दै उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थीले स्वदेश फर्किएर सेवा दिनुपर्नेमा जोड दिनुभयो । ‘हामीले विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि विदेश जानुपर्छ भन्दा विदेशमा हासिल गरेको सिप र ज्ञानलाई स्वदेशमा प्रयोग गर्न पनि अभिप्रेरित गर्नुपर्छ । शैक्षिक परामर्श व्यवसायीले यो विषयमा विद्यार्थीलाई गाइड गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो । उहाँले अहिलेको समयमा युवाहरूमा देश र अभिभावक प्रतिको जिम्मेवारी कम हुँदै गएको प्रति सबैलाई सजग गराउँदै युवापुस्ताले पुरानो पुस्ता (बृद्धबृद्धाहरु) को संरक्षणका लागि पनि सोच्नुपर्ने औँल्याउनु भयो ।

कार्यक्रमका विशेष अतिथि गिनिज वर्ल्ड बुक रेकर्डमा ८० घण्टा भन्दा लामो म्याराथुन भाषण मार्फत नेपालको नाम राख्न सफल व्यक्ति मोटिभेसनल स्पिकर अनन्तराम के.सी.ले अहिले बजारमा शैक्षिक परामर्श दिने नाममा विभिन्न प्रकारबाट सञ्चालित कन्सल्टेन्सीहरुले मानव तस्कर नै गर्ने गरेकोले विद्यार्थीले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने औँल्याउनु भयो ।

उहाँले विद्यार्थीले आफ्नो करियर कसरी बनाउने भन्ने विषयमा विज्ञ र सही व्यक्ति छनौट गरेर निर्णय गरेको खण्डमा समस्या नआउने भन्दै एक वर्षको अवधिमा राईटपाथ करियर काउन्सिलले विद्यार्थीको भविष्य निर्माणमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्नुभयो । ‘यसका सञ्चालक आफैँ विदेशमा लामो समय बसेर ज्ञान र सिप हासिल गरेर आउनु भएको छ, उहाँले विदेशमा हासिल गरेको ज्ञान र सिप नै विद्यार्थीलाई बाँड्दै हुनुहुन्छ उहाँको ज्ञान र सिपले विद्यार्थीको विदेश अध्ययनमा धेरै सहयोग पुग्नेमा आशावादी छौँ ।’ उहाँले भन्नु भयो । उहाँले युवाहरूले देश विकासका लागि सकारात्मक सोच लिएर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल टेलिकमका उपप्रबन्धक गणेश चौधरीले शैक्षिक परामर्श क्षेत्रमा धेरै विकृति आएकोले विद्यार्थी अभिभावकले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने बताउनु भन्दै १ वर्षको अवधिमा राईटपाथ करियर काउन्सेलिङले शैक्षिक परामर्श क्षेत्रमा विद्यार्थीका लागि सही काम गरेको जिकिर गर्नुभयो । उहाँले अस्वस्थ बजारमा धेरै कन्सल्टेन्सीले विभिन्न प्रलोभन दिएर विद्यार्थीलाई आकर्षित गरे पनि त्यस्ता प्रलोभनमा नपरी आधिकारिक व्यक्ति र संस्थाका बारेमा जानकारी लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै राईटपाथका शैक्षिक परामर्शदाता सम्राट सिं ठकूरीले विद्यार्थीको भविष्य निर्माणमा राईटपाथले सही परामर्श गरेको बताउनु भयो । उनले करियर काउन्सेलिङका साथै जेहेन्दार विद्यार्थीलाई विभिन्न देशमा छात्रवृत्ति समेत दिलाउन सफल भएको बताउँदै राईटपाथले सामाजिक उद्दरदायित्व अन्तर्गत विभिन्न काम पनि गरिरहेको स्मरण गर्नुभयो ।

कार्यक्रममा लगातार ८० घण्टा बढी भाषण गरेर गिनिजवुक अफ रेकर्डमा आफ्नो नाम लेखाउन सफल मोटिभेसनल स्पीकर अननन्तराम केसीलाई सम्मान समेत गरिएको थियो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार भद्रकुमारी घलेले सम्मानपत्र र खादा लगाईदिएर सम्मान गर्नुभएको थियो ।

१० वर्ष बेलायतमा उच्च शिक्षासँगै व्यावसायिक दक्षता हासिल गरेर स्वदेश फर्कनु भएका युवा व्यवसायी फिलिप डिसीले राईटपाथ करियर काउन्सेलिङको सञ्चालन गर्नुभएको हो । कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत डिसीले राईटपाथले विद्यार्थीलाई करियर काउन्सेलिङ गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य पनि गर्दै आएको बताउनु भयाे । ‘राईटपाथले विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश जान परामर्श मात्र दिएको छैन, विभिन्न सामाजिक क्षेत्रमा विद्यार्थी अभिभावकलाई पनि प्रोत्साहन गर्दै आइरहेको छ ।’ उहाँले भन्नुभयो ।
विशेष कारणवस युवा शैक्षिक व्यवसायी डिसी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थिति हुन सक्नुभएको थिएन ।

राईटपाथले एक वर्षको अवधिमा पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीले आयोजना गरेको इन्जिनियरिङ प्रदर्शनीमा विद्यार्थीहरूलाई प्रोत्साहन गरेको थियो । भने, केही महिना अघि सबैभन्दा लामो समय भाषण गरेर विश्व किर्तिमान राख्न सफल अनन्तराम केसीको विश्वकिर्तिमान कार्यक्रममा समेत सहयोग गरेको थियो । यो सँगै कन्सल्टेन्सीले गत साउनमा तराई मधेसमा आएको बाढीबाट प्रताडित बाढिपिडितका लागि समेत राहत वितरण गरेको थियो । यसका अलावा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न कान्तिपुर टेलिभिजनबाट प्रशारित एशियन नोबेल क्विज र नेपाल स्पेल बि (जुन प्रोगाम मार्फत बिश्वब्यापि रूपमा अतिनै आवश्यक अङ्ग्रेजी (स्पेलिङ चेकिङ) कन्टेस्ट कार्यक्रममा सहयात्री भएको थियो । यसै गरी राईटपाथले पैसाको अभाव भएका विद्यार्थीलाई आईएलटिएस कक्षा निःशुल्क प्रदान गर्दै आइरहेको छ ।

सो कार्यक्रममा काठमाडौँ लायन्स क्लब अफ बिहानीका अध्यक्ष नारायण रिजाल, मेघा टेलिभिजनका कार्यक्रम संयोजक ईश्वर प्रसाद ढकाल, मकालु खबर डटकमका डाइरेक्टर इ. हरिओम दास लगायत विभिन्न सञ्चारकर्मी युवा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =