अनाथ बालबालिकाका लागि काम गर्ने भन्दै स्वतन्त्र उम्मेदवार घोषणा

भरतराज शर्मा (गोपाल), धरान ।आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि धरान ईसाई समुदायले सुनसरीको धरान उप–महानगरपलिकामा स्वतन्त्र उम्मेदवार घोषणा गरेको छ ।

समाजले प्रदेश नम्बर एक अन्तर्गत सुनसरी जिल्लाका धरान नगरपालिका उप प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो ।

सुनसरी जिल्लाका तीन उप–महानगरपालिका मध्ये धरानमा आफना उम्मेदवारको नामावली घोषणा गरिएको धरान ईसाई समुदायका अगुवा तथा पुर्वाञ्चल इसाई समाजका अध्यक्ष कुबेर गुरुङले जानकारी दिए ।

यद्यपि धरान ईसाई समुदायले एकल चुनाव चिन्ह लिई नसकेको भएपनि उम्मेदवारी सम्बन्धी अन्तिम टुंगो स्वतन्त्र उम्मेदवार मेहरमान ह्युज (गिरी) लाई नै दिएर बनाउने निर्णय गरेको छ ।

पुर्वाञ्चल इसाई समाजका अध्यक्ष गुरुङका अनुसार ह्युजलाई उप–मेयरको उम्मेदवारको रुपमा घोषणा एक कार्यक्रमका बिच गरिएको छ ।

उम्मेद्वारी घोषणासँगै आफूहरु चुनावी प्रचारमा होमिएको समेत उनले बताए । उम्मेद्वार घोषणा कार्यक्रममा उप मेयरका उम्मेदबार ह्युजले धरानमा अनाथ बालबालिकाकहरुका निम्ती कुनै पार्टीले सम्बोधन तथा घोषणा पत्रमा उल्लेख नगरेकाले आफ्नो उम्मेद्वारी अनाथ बालबालिकाको हक हितका लागि भएको र उपमेयर भएको अवस्थामा आफुले अनाथ बालबालिकाका बिषयलाई उठाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =