बुढासुब्बा गाेल्डकप प्रतियाेगिताः संकटासँग मनाङ स्तब्ध

धरान, माघ २० । सुनसरीको धरानमा शुरु भएको २०औँ बुढासुब्बा गोल्ड कप फुटवल प्रतियाेगिताकाे उद्घाटन खेलमा संकटा क्लब काठमाडौले विजयी शुरुवात गरेको छ । धरान १६ प्रस्तावित रंगशालामा भएको उद्घाटन खेलमा संकटाले मनाङलाई ० का विरुद्ध १ गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे ।
संकटाको तर्फबाट खेलको दोश्रो हाफमा बिदेशी खेलाडी अर्नक्ट टम्पले गोल गरेका थिए । खेलका म्यान अफ दि म्याच समेत भएका अनेष्ट टम्पले दोस्रो हाफको ३५ औ मिनेटमा गोल गरेका थिए । उनले रुपेश केसीको फ्रिकिकमा गाेल गरेका थिए । उनले खेलकाे म्यान अफ दि म्याच सँगै नगद १० हजार पाएका छन् ।

खेलमा पाएको राम्रो मौकाको सदुपयोग गर्न नसक्दा मनाङले पहिलो चरणबाटै घर फर्किएकाे छ । पहिलो हाफको २६ औ मिनेटमा मनाङका कर्ण लिम्बुले खाली पोष्टमा गोल गर्न चुके । सुजल श्रेष्ठको हेडिङ पासमा विपक्षि गोल रक्षक विनय श्रेष्ठ विट हुँदा कर्णले खाली पोष्टमा गाेल गर्न सकेनन् भने, पहिलो हाफकाे ३६ औ मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्न नसक्दा मनाङ संकटासंग स्तब्ध भएकाे हाे । दोस्रो हाफकाे खेलमा लयमा अाएकाे मनाङले गाेल गर्ने केहि राम्रा अवसर बनाएपनि सदुपयाेग गर्न सकेन ।
खेलकाे ५५ अाैं मिनेटमा मनाङका स्टार खेलाडी अनिल गुरुङको पासमा विशाल राईको वाइसाइक्लिङ प्रहार समेत सफल हुन सकेन । खेलकाे २३ औ मिनेटमा हेमन गुरुङको पासमा कर्ण लिम्बुको प्रहार समेत खेर गएपछि मनाङ निराश भयाे ।

खेलमा संकटाले केही राम्रा गोलका अवसर सृजना गरेपनि सदुपयाेग भने गर्न सकेन। संकटा लागि पहिलो हाफको १४औं मिनेटमा हेमन्त थापाले पाएको राम्रो मोैका सदुपयोग गर्न सकेनन । ३६ औ मिनेटमा प्रकाश वुढाथोकी वान भर्सेस वान गोल गर्नबाट चुके । दोस्रो हाफको ३० औ मिनेटमा विश्व अधिकारीको पासमा रुपेश केसीको प्रहारले पनि असफल भयाे ।
धरान रंगशाला निर्माण पछि बुढासुब्बा गाेल्डकप ७ वर्ष पछि रंगशालामा फर्किएकाे हाे । यस अघिका ६ अाेटा प्रतियाेगिता धरान १७ स्थित एन्फा एकेडेमीमा भएकाे थियाे । प्रतियाेगिताकाे उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले गरेका थिए । प्रतियाेगिताकाे दाेस्राे प्रिक्वाटर खेल भाेली आइतबार भारत कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लब र आयोजक धरान फुटबल क्लब बिच हुने अायाेजकले जनाएका छन् ।
माघ २७ गते सम्म हुने प्रतियोगिताको विजेताले नगद ६ लाख तथा उपविजेताले ३ लाख नगद सगै ट्रफि र मेडल पाउने छन् । प्रतियोगितामा व्यक्तिगत तर्फ भने उत्कुष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५,२५ हजार प्रदान गरिने र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ थान यामाहा मोटरसाइकल प्रदान गरिने छ । प्रप्रतियोगितामा भारतको कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबसँगै नेपाल पुलिस क्लब, मनाङ मस्र्याङदी, संकटा, थ्रीस्टार, केएफटीसी झापा ११, सुदूरपश्चिम खप्तड ११ र र आयोजक धरान रहेका छन् ।
भाेलीकाे खेलः अायाेजक धरान फुटवल ब्लब र दुर्गापुर स्पाे. क्लब काेलकाता, भारत








