कांग्रेसलाई प्रचण्डको सुझाव– वामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस्

कात्तिक १९, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई वामपन्थी गठबन्धनसँग आतंकित नहुन सुझाव दिएका छन् । चितवनको चनौलीमा पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वको संकटका कारण कांग्रेस कमजोर बन्दै गएको बताए ।

उनले स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै स्थीर राजनीतिका लागि नै वाम तालमेल भएको बताए ।

आफ्नै कारण कांग्रेस कमजोर हुँदै गएको बताएका प्रचण्डले भने, ‘इतिहासमा नेपाली कांग्रेसले पटकपटक देशको नेतृत्व गर्ने अवसर पाएको छ । तर, पछिल्लोपटक कांग्रेसमा देखिएको नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । अब तपाईँहरु वामपन्थी गठबन्धनबाट आतङ्कित नहुनुस् । तपाईँहरु पनि मिल्नुस् । बिपीको आदर्शतिर फर्कनुस्, त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + three =