५० किलो गुणस्तरहीन मिठाई नष्ट
२०७४ जेठ १५ गते

कात्तिक १, हेटौैँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाको संयुक्त टोलीले आज हेटौँडा बजारमा रहेका विभिन्न मिठाई पसलको अनुगमन गरी गुणस्तरहीन ५० किलो मिठाई नष्ट गरेको छ ।

सो अनुगमन टोलीले हेटौँडा वडा नं १, ४ र १० का विभिन्न मिठाई पसलमा अनुगमन गर्दा मिठाईमा अखाद्य रङ मिसाइएको पाइएकाले उक्त परिणामको मिठाई नष्ट गरिएको निमित्त प्रजिअ विनोद खड्काले बताए । पसलको सरसफाइ गरी गुणस्तरीय मिठाई बिक्री वितरण गर्न निर्देशन समेत दिइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








