‘तपाईंहरुको मायाले सम्हालिएको छु’– प्रचण्ड
२०७४ जेठ १५ गते

मंसिर ४, काठमाडौं । पुत्र वियोगमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोराको निधन पछि आफू सम्हालिइरहेको बताएका छन् । तर उनले परिवारका अरु सदस्य र खासगरी पत्नीलाई सम्हाल्न गाह्रो भइरहेको बताए ।
प्रचण्ड परिवारलाई भेट्न लाजिम्पाट पुगेका शुभचिन्तकहरूसँग उनले पीडा ठूलो भएपनि आफू सम्हालिने बताए । ‘म तपाईं शुभचिन्तकहरुको मायादेखेर सम्हालिएको छु,’ उनले भने, ‘परिवारलाई सम्हाल्न निकै गाह्रो भएको छ । तर सम्हालिनुपर्नेछ ।’
तीन वर्ष अघि छोरीको पनि असामहिक निधन भएको र अहिले छोराको निधन भएको परिवारमा भावनात्मक पीडा परेको प्रचण्डले बताए । प्रचण्डले हिजो छोरा प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गर्न आउने र दाहासंस्कारमा सहभागि हुने सबैमा धन्यवादसमेत ज्ञापन गरेका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








