लागु औषध खैरो हिरोईन सहित महिला पक्राउ

काठमाडौं । लागूऔषध खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन् । काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा सवार झापा शिव सत्तासी-११ की २३ वर्षीया वीना डाँगी पक्राउ परेकी हुन् ।   

प्रहरीले विशेष सूचनाको आधारमा चन्द्रागिरी-२ नागढुङ्गास्थित चेकप्वाईन्टबाट  चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।   

महिला प्रहरीले निजको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी लुकाई छिपाइ राखेको लागु औषध खैरो हेरोईन ४.२६ ग्राम फेला पारी पारेको छ ।   

null

निज वीना डाँगीलाई तत्काल नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =