लागु औषध खैरो हिरोईन सहित महिला पक्राउ
२०७६ फागुन ११ गते

काठमाडौं । लागूऔषध खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन् । काँकडभित्ताबाट काठमाण्डौ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा सवार झापा शिव सत्तासी-११ की २३ वर्षीया वीना डाँगी पक्राउ परेकी हुन् ।
प्रहरीले विशेष सूचनाको आधारमा चन्द्रागिरी-२ नागढुङ्गास्थित चेकप्वाईन्टबाट चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
महिला प्रहरीले निजको शरीर खानतलासी गर्दा प्लाष्टिकमा पोका पारी लुकाई छिपाइ राखेको लागु औषध खैरो हेरोईन ४.२६ ग्राम फेला पारी पारेको छ ।
null
निज वीना डाँगीलाई तत्काल नियन्त्रणमा लिई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको छ ।
२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








