एनआईसी एशिया बैंकद्वारा भुसाललाई घातक रोगको बीमा वापत १५ लाख हस्तान्तरण
२०७६ पुस २ गते

पुस २, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम बापत १५ लाखको चेक हस्तान्तरण गरेको छ ।
चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा एनआईसीले आफ्ना ग्राहकलाई १५ लाखको बिमा प्रदान गर्ने सुविधा अन्तर्गत भुसालले उक्त रकम प्राप्त गरेका हुन् ।
चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी भुसाललाई क्यान्सर रोग लागेको थियो ।
null
उक्त रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उनको छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरे ।
२०७६ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








