एनआईसी एशिया बैंकद्वारा भुसाललाई घातक रोगको बीमा वापत १५ लाख हस्तान्तरण

पुस २, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम बापत १५ लाखको चेक हस्तान्तरण गरेको छ ।   

चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा एनआईसीले आफ्ना ग्राहकलाई १५ लाखको बिमा प्रदान गर्ने सुविधा अन्तर्गत भुसालले उक्त रकम प्राप्त गरेका हुन् ।   

चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी भुसाललाई क्यान्सर रोग लागेको थियो ।   

null

उक्त रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले  उनको छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =