फोहोरको थुप्रोमा गोली फेला, गोली चलेको हुन सक्ने प्रहरीको अनुमान

काठमाडौं, पुस २३ ।  काठमाडौंको म्हैपीमा फोहोरको थुप्रोमा गोली तथा खोका फेला परेको छन् । काठमाडौं महानगरपालिका–२६ म्हैपीस्थित सडक किनारमा रहेको फोहोरको थुप्रोमा ६ राउण्ड गोली तथा गोलीका खोका फेला परेको महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले जनाएको छ ।

फोहोरमा गोली देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । थुपारिएको फोहोरमा गोली फेला परेको र सोको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरीवृत्त सोहखुट्टेका प्रमुख डिएसपी दीपक पोखरेलले जानकारी दिए ।

गोली फेला पारेको ठाउँ प्रहरीले नियन्त्रणमा लिएर त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । गोलीको खोका समेत फेला परेको हुँदा त्यहाँ गोली चलेको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गोलीहरु कसले राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =