रुपन्देही–१ मा एमाले विजयी

बुटवल, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै क्षेत्रको अन्तिम परिणाम आज बेलुकासम्म सार्वजनिक भएको छ । अन्तिम परिणामअनुसार यो क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

यस क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा ३४ हजार ७५२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।उनका निकटम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिकबाट उम्मेदवार बनेका नेकाका जिल्ला सभापति अब्दुल रज्जाक गद्दी २६ हजार ८८५ मत ल्याएका छन् ।

यसअघि आज बिहान यस निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेशसभातर्फ प्रदेश १ मा ४४ हजार २३४ मत खसेकामा संयुक्त वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले०का नेता डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने ९माधव०ले १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो । यसरी प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेपछि रुपन्देहीमा अब समानुपातिकतर्फको मतगणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समानुपातिकतर्फको परिणाम पनि छिट्टै नै सार्वजनिक हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =