मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं, पुस २४ । सर्वोच्च अदालतले बेल्लीज नेपाललाई मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको छ ।

मल्ल होटलले बक्यौता नतिरेको कारण देखाउँदै पर्यटन विभागले क्यासिनो सञ्चालन पूर्व स्वीकृति सम्वन्धी प्रक्रिया अघि बढाउन नमिल्ने पत्र पठाएको थियो ।

त्यसविरुद्ध बेल्लीज नेपालका ज्ञानेन्द्र श्रेष्ठले हालेको मुद्दामा सुुनुवाई गर्दै न्यायाधीश दीपकराज जोशीको इजलासले विभागको पत्रलाई अवैधानिक भनेको छ । विभागको पत्रले पेशा व्यवसाय गर्न पाउने हकलाई असर गरेको तथा क्यासिनो नियमावली विपरित भएको सर्वोच्चको ठहर छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =