पाँच मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरे

कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन र इजिप्टले आतंकवादलाई सघाएको आरोप लगाउँदै कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् ।

साउदी सरकारी समाचार संस्था एसपीएले रियादले कतारसँगका आफ्ना सबै सीमा, सामुद्रिक र हवाई सम्पर्क विच्छेद गरिएको जनाएको छ। सो संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै ‘राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन’ पछिल्लो कदम चालिएको जनाएको छ।

कतारको आधिकारिक समाचार संस्थाको कम्प्युटरमा अनधिकृतरुपमा ह्याकिङ् गरिएपछि खाडी क्षेत्रमा बढेको तनावमाझ पछिल्ला घोषणा भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =