कैदी विरुद्ध सुरक्षाकर्मीको देशब्यापी आन्दोलन

काठमाडौं, माघ ९ । कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्सेली कारागार सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् । कारागारको सुरक्षा प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरु आन्दोलित भएका हुन् ।

फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । तर कैदीबन्दीको तुलनामा कम मात्र सुरक्षाकर्मी परिचालन गरिएपछि कारागार सुरक्षाकर्मीले विरोध गर्दै आएका छन् । देशभर आन्दोलन चर्केपछि फ्रान्सका न्याय मन्त्री निकोल बेलोबेटले आन्दोलनरत पक्षसँग छलफल गर्न बोलाए पनि कारागार युनियनले अस्वीकार गरेको छ । फ्रान्सभरका कारागारमा रहेका कैदीबन्दीले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि पटकपटक आक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =