‘जनप्रतिनिधी आएपछि स्थानीय तहमा सुशासन बढेको छ’

पत्रकारिता क्षेत्रमा सक्रिय भएर लाग्नु भएकी उमा थापा अहिले नेपालगन्ज उप–महागरपालिकाको उपप्रमुख हुनु भएको छ । डब्लुडब्लुजे बाँके कि अध्यक्ष समेत रहनु भएकी थापाले भर्खरै मात्र उक्त पदबाट राजीनामा दिँदै उप–महानगरपालिकामा जनप्रतिनिधिको काममा लाग्नु भएको हो । समग्रमा नेपालगञ्ज उप–महानगरपालिकालाई उत्कृष्ठ बनाउने, महिला, बालमैत्री नगर बनाउने, भष्ट्राचारमुक्त नगर बनाउने एजेण्डाहरु राख्नुभएकि उपप्रमुख उमा थापासंँग लोकेन्द्र थापाले गर्नुभएको कुराकानीको सक्षेपः

उपप्रमुख भएपछि आजकल तपाईँको दिन चर्या कसरी ब्यतित भएको छ ?

आज भोलि म जनताको काममा नै त्यस्त रहेको छु । जनताको घर आँगनमा पुगी उनीहरूको कुरा सुन्ने, स्थानीय समस्याहरू कसरी समाधान गर्ने विषयमा नै केन्द्रित भएकी छु । जनताहरूमा भएको विवाद मिलाउनका लागि पनि लाग्ने गरेकी छु । उप–महानगरपालिकालाई कसरी राम्रो, व्यवस्थित र सफा बनाउने सवालमा नयाँ कार्ययोजना बनाउँदै छु । उपमहानगर क्षेत्रभित्र हुने विभिन्न विकास निर्माणका कामको फिल्डमै गएर अनुगमन र मूल्याङकन गदैछु ।

जनप्रतिनिधीहरु उप–महानगरपालिकामा आइसकेपछि के कस्ता प्रगतिहरु भए ?

उप–महानगरपालिकामा जनप्रतिनिधीहरु आइसकेपछि सर्वप्रथम यहाँका कर्मचारीहरुमा काम गर्ने जाँगर चलेको छ । जनताका कामहरू दैनिक रूपमा सर्वसुलभ रूपमा सञ्चालन भएका छन् । जनप्रतिनिधी आएपछि स्थानीय तहमा सुशासन बढेको छ ।
हामीलाई तत्काल विकासका कामहरुलाई अगाडि बढाउन सम्भव नै भएन । यो वर्षको अन्त्यमा बजेट नै थिएन । बजेट अभाव रहँदा पनि हामीहरूले आफ्नो तर्फ बाट सकेसम्म गरिरहेका छौँ । अब्यवस्थित कामहरुलाई व्यवस्थित गरिरहेका छौँ । वडा कार्यालयहरूमा कर्मचारीको कमीले निकै नै समस्या उत्पन्न भएकोमा हाल आएर प्रत्येक वड कार्यालयहरूमा केही कर्मचारीहरू थप गरेका छौँ । कर्मचारीहरूको सेवा सुविधामा कमी रहेकोमा पुरा गर्न कर्मचारीहरूको सेवा सुविधा बढाएका छौँ । सरसफाई अभियानलाई तीव्र बनाएका छौँ । हामी स्वयम् नै सरसफाई अभियानमा खटिएका छौँ । सडकका खाल्डा खुल्डी पुर्ने र सडक बिस्तार गर्नेमा अघि बढेको छ । बसपार्क जाने बाटो पीच भइरहेको छ । जहाँ सडकको धेरै नै समस्या छ त्यस्ता ठाउँमा ग्राभेल सडक बनाएका छौँ  ।
सार्वजनिक स्थलहरुका लागि मोबाइल शौचालयको त्यवस्था गरेका छौँ । वातावरण सफा राख्नका निम्ति नक्सा पास गर्न आउने जो कोहीलाई पनि १ वटा बिरुवा दिने गरेका छौँ । त्यो बिरुवाको रेखदेख भए नभएको हामी स्वयम् नै अवलोकन गर्दैछौं ।

तपाईँ पत्रकारिता देखि नै राजनीतिमा क्षेत्रमा आउनु भएको अब पत्रकारहरुको लागि के गर्ने योजना बनाउनु भएको छ ?

हो म लामो सम्मसम्म पत्रकारितामा लागें । पत्रकारहरुको लागि भनेर हामीहरूले अक्षयकोषको निर्माण गर्दैछौं । विकाश निमार्ण क्षेत्रमा कलम चलाउने एकएक जना महिला पुरुष पत्रकारलाई पुरुस्कारको त्यवस्था गरेका छौँ । राम्रो काम गर्ने पत्रकारहरुलाई बेला बेलामा सम्मानका साथै पुरुस्कारको दिने निर्णय गरेका छौँ । पत्रकारिता क्षेत्रको विकास र विस्तारमा हामी प्रतिबद्ध छौँ ।
यस क्षेत्रमा पिछडिएको बस्ती भनेर चिडिमार बस्तीलाई चिनिन्छ उनीहरूको विकासको निम्ति के योजना बनाउनु भएको छ ?
यो हामीले महसुस गरेको विषय हो । चिडिमार बस्तीको समग्र विकासका लागि ठोस योजना ल्याउने छौँ । चिडिमारलाई अहिले सरकारले भत्ता दिइरहेकोमा त्यसले उनीहरूमा सरकारले सबै गरिहाल्छ भनेर आफ्ना लागि केही नगर्ने संस्कारको विकास भएको छ । उनीहरूको यस्तो अल्छे मनोभाबले अझपछि परेका छन् । सर्वप्रथम यो मनोभाबलाई परिवर्तन गर्न निकै आवश्यक रहेको छ । त्यसका लागि लागि सिपमूलक तालिम दिने, शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउने योजना बनाउँदैछौं ।

तपाईँ युवा नेता हुनहुन्छ, युवा रोजगारीका बारेमा के गर्ने योजना छ ?

अहिले युवाहरू स्वदेशमा उपर्युक्त रोजगारी नपाएर बिदेशीनु पर्ने बाध्यात्मक अवस्था छ । यो समस्या नेपालगञ्जको पनि हो । उप–महानगरपालिकाको तर्फबाट जो युवा शिक्षित हुनहुन्छ, जो सँग सिप र जाँगर छ त्यस्ता युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न तालिम दिने, प्राविधिक सिप सिक्न उत्प्रेरणा दिने कार्यक्रम ल्याउँनेछौं । कतिपय युवाहरू हातमा सिप भएरपनि बेरोजगार हुँदा विभिन्न प्रकारका कुलतमा फसेका छन्, त्यस्ता युवाहरूलाई परिवर्तन गर्न सुधार गृहको व्यवस्था समेत गर्ने छौँ ।

उप–महानगरपालिकाको विकासका लागि आउँदा दिनहरूमा के कस्ता योजना छन् ?

सर्वप्रथम नेपालगन्ज उप–महानगरपालिकामा विकासका लागि बजेटको अभाव रहेको छ । यो अभावलाई पुरा गर्न बजेट ल्याउने छौँ । वाटरपार्कको विकासको निम्ति अहिले साढे ४ करोड रकम आएको छ । जसको कामपनि सुरु भइसकेको छ ।
अबको ६ महिनामा उप–महानगरपालिका भित्र ३६ किमी बाटो पिज गर्नेछौँ । नेपालगन्जलाई स्मार्ट सिटिका रूपमा विकास गर्ने, भष्टाचार मुक्त बनाउने, कुषि र औद्योगिकरणको विकास गर्ने, गाउँ सहर जोड्ने चक्रपथ बनाउने योजना छ । त्यसै गरी खानेपानी, सार्वजनिक शौचालय निर्माण गर्ने, बढ्दो बेरोजगारी कम गर्नका लागि प्राविधिक तथा सिपमुलक शिक्षाको व्यवस्था गर्ने, नेपालगन्जलाई पर्यटकीय हब बनाउन अन्तराष्ट्र्रिय बिमानस्थलको लागि पहल गर्ने, जनतालाई सर्वुलभ रूपमा स्वास्थ्य सेवा पु¥याउने योजना तथा नीति तथा कार्यक्रम बनाईनेछ । समग्रमा नेपालगञ्ज उप–महानगरपालिकालाई उत्कृष्ठ बनाउने, महिला, बालमैत्री नगर बनाउने, भष्ट्राचारमुक्त नगर बनाउने नै एजेण्डाहरु छन् ।

अत्यमा के भन्न चाहनुहुन्छ ?

जनताको साथ बिना केही कुरापनि संम्भब छैन । त्यस कारण हामी जनताको साथ चाहान्छौं । केही गल्ती कमी कमजोरीहरू भएमा आएर सल्लाह सुझाव दिन अनुरोध गर्छु । कुनै कुरामा पनि बदलाको भावना नराखौं भन्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =