एनआर्इसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ, भाइबरबाट खाताको बारेमा सहजै जानकारी
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २ । एनआर्इसी एशियाले भाइबर बैकिङ सेवा सुरु गरेको छ।मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट भाइबर बैकिङ गर्न सकिने बैंकले जनाएको छ।
यो सेवा लिन भाइबरमार्फत बैंकको पब्लिक एकाउन्ट सर्ब्सक्राइब गरेर आवश्यक जानकारी लिन सकिने बताइएको छ।यो सेवामार्फत बैंकको शाखा कार्यालय,एटीएम सञ्जाल,लोन इलिजिविलीटी चेकिङ,अनलाइन एकाउन्ट ओपनिङ लगायतका बारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ।

बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवामार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








