अपराध महाशाखामा केदार ढकाल, कञ्चनपुर प्रहरी प्रमुख पनि फेरिए

फागुन १, काठमाडौँ । नेपाल प्रहरीले १२ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार ढकाल लगायत १२ एसपीको काज सरुवा गरेको हो।
एसपी ढकाल महानगरीय अपराध अनुसन्धान महाशाखामा सरूवा भएर आएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी भीम ढकालको एसएसपीमा बढुवा भएपछि रिक्त पदमा दिनेश मैनालीलाई पठाइएको छ।
यस्तै कञ्चनपुर एसपी कुबेर बहादुर कठायतको पनि काज सरुवा भएको छ। उनी पहरा गणमा आएका छन्। कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेवारी एसपी दिनेश आचार्यलाई दिइएको छ।
null
प्रहरी प्रधान कार्यालयले बागलुङमा एसपी हरि शर्मा पोखरेल, सशस्त्र प्रहरी गण नं. १ मा एसपी दीपकराज खरेल, मकवानपुरमा मुकेशकुमार सिंह, सर्लाहीमा एसपी गोपालचन्द्र भट्टराई, रौतहटमा भुपेन्द्र खत्री, हैटौँडा प्रहरी गणमा एसपी ध्रुवराज राउतलाई काज सरुवा गरिएको हो ।








