नेपालको राजनितिक घटनाक्रम प्रति अमेरिकाको चासो
२०७४ जेठ १५ गते

काठमाडौं, असोज २५ । नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्नुभएको छ । उद्योग मन्त्री सुनीलबहादुर थापासँग मन्त्रालयमा आज भएको भेटघाटमा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बारे चासो राख्नुभएको हो ।
उहाँले पछिल्लो चरणमा बनेका विभिन्न गठबन्धनका कारण नेपालको विकासमा असर र्पुयाउँछ कि र्पुयाउँदैन भनी चासो राख्नुभएको थियो । उहाँले, सरकारले मंसिर १० र २१ मा गर्न लागेको निर्वाचनमा अमेरिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । अमेरिका नेपालमा जहिले पनि शान्ति कायम भएको चाहने भन्दै उहाँले सरकारले जसरी निर्वाचन गर्न हरसम्भव प्रयास गरेको छ, त्यसलाई अमेरिकाले स्वागत र समर्थन गर्ने बताउनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








