कञ्चनपुरमा भारतीय एसएसवीको दादागिरी, स्थानीयद्धारा नाराबाजी

बेलौरी, माघ १५ । भारतीय सिमा सुरक्षा बल एसएसवीले नेपाली भूमीमा बनाउन लागेको सडक निर्माणमा अवरोध गरेको छ ।

बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले रोकेपछि अहिले नेपाली पक्षले सिमा क्षेत्रमा नाराबाजी गरिरहेका छन् ।

उनिहरुले नेपाली भूमीमा सडक बनाउन नदिने भारतीय प्रहरीका विरुद्ध नारावाजी गरिरहेका छन् । दशगजा क्षेत्रमा सडक बनाउन नपाइने नियम अनुसार नै रोकिएको भारतीय पक्षको दावी छ भने दशगजा क्षेत्र भन्दा १५ मिटर वरै आएर एसएसवीले हस्तक्षेप गरेको नेपाली पक्षको आरोप छ ।

सिमा क्षेत्रमा थप तनाव हुन नदिन पर्याप्त सुरक्षकर्मी खटाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले जानकारी दिए ।

अहिले विवाद मिलाउन नेपाली र भारतीय पक्षविच वार्ताको तयारी भैरहेको पनि उनले जानकारी दिए । सडक निर्माणकै क्रममा गतवर्ष झडप हुँदा भारतीय प्रहरीले चलाएको गोली लागेर पुनर्वासका गोविन्द गौतको ज्यान गएको थियो ।

विगतका जस्तै घटना नदोहोरियुन भनेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =