सोलुखुम्बुमा एकाविहानै आगलागी, एक घर जलेर नष्ट

सोलुखुम्बु, भदौ १३ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ च्याल्सामा आज बिहानै आगलागी भएको छ । आगलागीमा एक घर जलेर नष्ट भएको छ । आज बिहान ३ बजेतिर लागेको आगो स्थानीयबासी,नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरीको सक्रियतामा करिब ३ घण्टापछि नियन्त्रणमा आएको हो ।

तिब्बती शरणार्थी पासङ डोल्मा शेर्पाको घरको भन्छाकोठाबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट करिब ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =