जनतामा बेचैनी बढ्यो, विकासका काम तीव्र गतिमा बढाऔँः प्रचण्ड

भदौ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा बेचैनी बढेको भन्दै विकासका काम तीव्र गतिमा अघि बढाउनु पर्ने बताएका छन् ।   

बुधबार चितवनमा भरतपुर विमानस्थल विस्तार तथा सुधार गर्न सरोकारवालासँगको अन्तरक्रियामा सहभागी हुँदै अध्यक्ष दाहालले तीव्र गतिमा काम अगाडी बढाउनुपर्ने बताएका हुन् । उनले विमानस्थलको काम छिटो भन्दा छिटो सम्पन्न गर्न पनि निर्देशन दिए ।   

उनले भने, ‘जनतामा बेचैनी बढ्दो छ । उनीहरु विकासका कार्य दुु्रत गतिमा भएको हेर्न आतुर छन् । अब मिटिङिसिटिङ भन्दा पनि एक्सनमै जानुपर्छ । हाम्रो ध्यान, दिमाग र तागत एक्सनमा लगाउनुपर्यो ।’ 

Image result for प्रचण्ड

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले  अन्योल र अस्थिरता देशले थाम्न नसक्ने पनि स्पष्ट पारे । उद्योग, अस्पताल, शिक्षा लगायत हरेक क्षेत्रमा एक्सनद्वारा युवालाई आश्वस्त पार्नुपर्ने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *