‘डा. केसीलाई तत्काल रिहा गर’- चिकित्सक संघ

काठमाडौं, पुष २५ । नेपाल चिकित्सक संघले प्राडा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल रिहाईको माग गरेको छ ।

आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. केसीलाई पक्राउ गरेको घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको संघका महासचिव डा. लोचन कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संघको विज्ञप्तीमा भनिएको छ, ‘डा केसीले सत्याग्रहको माध्यमबाट चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुच, गुणस्तरीयता र जनसरोकारका विषयमा उल्लेखनिय प्रगति हासिल गराउन सफल भएको बताउादै अस्पताल परिसरभित्रबाटै यस प्रकारको गिरफ्तारीप्रति नेपाल चिकित्सक संघ दुखित भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =