नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्न थाले

काठमाडौं, भदौ ६ । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् । आजको नागरिकमा यो खबर छ ।

अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । सोमबार नयाँ शक्तिकोसंघीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडि देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

यसैगरी आइतबार  संघीय परिषदका २ सय ६ सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए ।

हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् ।

नयाँ शक्तिमा करिब नौ सय सदस्यीय संघीय परिषद छ ।

केन्द्रीय समिति भने गत साउन १३ को निर्णयबाट भंग भएको छ ।

संघीय परिषदमा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =