एन आइ सी एशिया क्यापिटलले एक अर्व रुपैंयाँको लगानी कोष निश्काशन गर्ने

काठमाडौँ,  पुस २१ । एन आई सी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट  यहि पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त  गरेको थियो ।

माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिए जनाएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल (कोष व्यवस्थापक) लाई [ICRANP-IR] AMC Quality 3 (AMC3) तथा एन आई सी एशिया बैंक बैंक लिमिटेड (कोष प्रबद्र्धक) लाई [ICRANP – IR] A- गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।

एन आइ सी एशिया ग्रोथ फण्डले रु १ अर्ब  बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व–साधारणमा बिक्री गर्न लागिएको हो । माग भन्दा बढी आवेदन परेको खण्डमा यो योजनको आकार  १ अर्ब पच्चीस करोड रुपैंयासम्म पुर्याउन सकिने  जनाएको छ ।  म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिनेछ ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने कम्पनीले दावी गरेको छ ।

 कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।

सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =