बहुचर्चित नागढुंगा सुरुङमार्गको निर्माण कार्यले लियो गति
२०७६ पुस १० गते

पुस १०, काठमाडौं । बहुचर्चित आयोजनाका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाअन्तर्गतको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय प्राथमिकताको यस आयोजनाको सुरुङ निर्माणबाहेकका संरचना निर्माणको कार्य अघि बढेको हो।
निर्माणको जिम्मा पाएको जापानी ठेकेदार कम्पनीले अहिले सडक खन्ने, सडक चौडा पार्न, साइट क्लियर पार्ने काम, विभिन्न प्रयोजनका लागि आवश्यक पर्ने आयोजनाअन्तर्गतका भवनहरु निर्माणको काम अघि बढिरहेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनीले कात्तिक १८ गतेदेखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गर्दै निर्माणको काम गरिसकेको हो। यो समाचार नेपाल समाचारपत्रले छापेकाे छ ।
null
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








