सुहाग रातको वास्तविक अर्थ के हो ?

विवाहको पहिलो रात, जसलाई बोलीचालीको भाषामा सुहाग रात पनि भनिन्छ । जसको मतलब गुवावले सजिएको विस्तरा तथा नवविवाहित जोडीबीचको शारीरिक सम्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरू पनि धेरै हुन्छ सुहाग रातमा, जसलाई केही हिन्दु महिलाले यसरी वर्णन गरेका छन्:

कतै उनका आमा–बुवा ब्युँझिने पो हुन् कि ?

यो स्थिति मेरा लागि अजीब प्रकारको थियो । किनकि मेरा पति आफ्ना अभिभावकसँग रहन्थे, र हामीले हाम्रो सुहाग रात उनको घरमा मनाउनु पर्‍यो । दुर्भाग्यवश हाम्रो बेडरुम पनि मेरा पतिका आमा–बुवाको कोठासँगै जोडिएको थियो । सुहाग रातको विषयमा हामी दुवैजना एक्साइटेड थियौँ । यसको बावदूज हामीले आफूलाई कन्ट्रोलमा राख्नु पर्‍यो । किनभने मलाई डर थियो कि कतै मेरा सासु–ससुरा ब्यूँझिने पो हुन कि ?

एक्साइटमेन्टमा सबै गडबड

हाम्रो लामो रिलेशनसिप थियो । यद्यपि विवाहको बेला मैले मेरो पतिलाई ६ महिनापछि देख्दै थिए । हामी दुवैजना धेरै एक्साइटेड थियौँ र दिन सकिएर हुने रातीको ब्यग्र प्रतीक्षामा थियौँ । आखिरमा हामीलाई एक एकान्त मिल्यो पनि, जसको हामी प्रतीक्षामा थियौँ । हामी एक दोस्रोको नजिक आयौँ र फोर–प्ले सुरु भयो । त्यतिबेलै मैले देखे कि मेरो पतिको अनुहारमा सरम (लाज) भरिएको थियो । मैले केही पनि बुझ्न सकिन । सायदै धेरै एक्साइटेड भएर होला शारीरिक सम्पर्क हुनु अगाडि नै मेरो पतिको शीघ्रपतन भयो ।

थकानका कारण केही हुन सकेन

हाम्रो त सुहाग रात भएन भन्दा नै हुन्छ । आधा रातीसम्म स्टेज (विवाह मण्डप) मै उभिएका थियौँ । किनकि अबेर रातीसम्म पाहुना आउने जाने क्रम जारी नै थियो । सबैथोक सकिएर जब हामी बेडमा पुग्यौं, त्यति बेला हामी थकित भइसकेका थियौँ । हामीलाई कतिबेला निद्राले च्याप्यो थाहा नै भएन ।

किस गर्न पनि हिम्मत आएन

विवाहको दिन पाहुना, क्यामेराम्यान, भिडियोग्राफर, आफन्तका सामु मुस्कुराउँदा मुस्कुराउँदा मेरो अनुहारको मांसपेशी यतिसम्म खिचिए कि शारीरिक सम्पर्क त परै जावस मैले आफ्नो पतिलाई प्रेमपूर्वक किस गर्न पनि सकिन् ।

फिल्म हेरेर रात वितायौं

मेरो पति र मेरो यो दोस्रो विवाह थियो । हाम्रा बच्चाहरू पनि सेटल भइसकेका थिए । उनीहरूले नै एक होटेलमा हाम्रा लागि रुम बुक गरेका थिए, ताकि हामी एकसाथ एकान्तमा केही समय बिताउन सकौं । पहिले त मलाई धेरै अप्ठेरो लागेको थियो । तर, जब मलाई मेरा श्रीमानले आफूलाई मनपर्ने फिल्म ‘गन विथ द वाइन्ड’ को सिडि दिए, म धेरै खुसी भए । किनकि त्यो फिल्म मलाई पनि धेरै मन पर्थ्यो । हामी दुईटैले रातभरि स्कार्लेट र रेट बटलरको प्रेममा इन्जोइ गर्‍यौँ ।

एक–दोस्रोको अनुहार पनि देख्न पाएनौं

हामी दुईजना अलग–अलग सम्प्रदायबाट थियौँ । यसकारण हाम्रो रीति–रिवाजमा पनि धेरै अन्तर थियो । माइतीबाट बिदाइ भएर जब म मेरो पतिको घर पुगे, त्यति बेला थाहा भयो कि बंगाली परम्परामा विवाहको पहिलो रातलाई ‘कालरात्री’ भनिँदो रहेछ । परम्परा अनुसार हामीले सुहाग रात मनाउनु त परको कुरा एक–दोस्रोलाई देख्न समेत पाएनौं ।

हामीले पूरा कार्य गर्नै सकेनौं

हामी दुवैजना भर्जिन थियौँ । यौन सम्पर्कको विषयलाई लिएर मेरो पतिको दिमागमा धेरै आइडिया रहेछन् । तर, मेरो दिमाग खाली थियो । हामी दुईटै कम उमेरका थियौँ । हामीलाई थाहा थिएन कि के गर्नु पर्छ भनेर । यद्यपि सेक्स हामी दुईटैको दिमागमा थियो । तर, यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई केही थाहा थिएन । यस्तै, डरका बिच सेक्स गर्न सुरु त गर्‍यौँ तर बिचमै रोक्नु पर्‍यो । पीडाका कारण म कराउन थालेपछि मेरा पति डराए । त्यसपछि हामीले त्यो रातै केही नगरी वितायौं । लाेकान्तर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =