ओलीलाई टक्कर दिँदै सहप्राध्यापक अधिकारी

मङ्सिर १५, काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ७ गते प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराको आमसभामा भने,’चार पटक प्रधानमन्त्री भएको जिल्लामा विकास यस्तै हुन्छ र’ ओलीले डडेलधुराको विकास निर्माण नभएको मुद्दा मात्रै उठाएनन् त्यहाँ, देउवाको गृहजिल्लाबाटै उनलाई अन्तिम प्रधानमन्त्री भनेर चेतावनी दिए ।

लगतै देउवाले ओलीको निर्वाचन क्षेत्रमै ‘काउन्टर’ दिने सोच बनाए र देउवाकै आग्रह अनुसार गत सोमबार झापा काँग्रेसले निर्वाचन क्षेत्र ५ अन्तर्गत गौरादहमा कार्यक्रम आयोजना गर्‍यो । त्यही कार्यक्रमबाट देउवाले पनि ओलीलाई कम्युनिस्ट सरकार बन्यो भने अधिनायकवाद आउँछ भन्दै जवाफ त फर्काए । तर, यी विपरीत दुई ध्रुवको नेतृत्व गरेका नेताहरूको जुहारी भने अझै रोकिएको छैन । बुधवार गृह जिल्ला आइपुगेका ओलीले बिहीबार नै झापाका तीनवटा कार्यक्रममा सम्बोधन गर्दे प्रदेश र केन्द्रमा अब वाम गठबन्धनको सरकारलाई कसैले रोक्न नसक्ने भनाई दोर्‍याउँदै भने, देउवाको यो सरकारनै काँग्रेसका लागि अन्तिम हुनेछ ।’

ओली काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवाप्रति बढी नै आक्रामक बने, जति झापाका स्थानीय काँग्रेस उम्मेदवारप्रति भएनन् । उनले केन्द्रका नेताहरूले बिगारेको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताको सहानुभूति लिने प्रयास पनि गरे । बिर्तामोड चोकमा आयोजना भएको कार्यक्रममा ओलीले ‘म्याचफिक्सिङ’ नहुने र राप्रपा उम्मेदवारलाई बेइमानी नगर्ने स्पष्टक्ति पनि दिए । झापा ३ मा काँग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई म्याच फिक्सिङ हुने चर्चा चलीरहेका बेला त्यसै विषयमा कान्तिपुरमा प्रकाशित समाचारलाई लिएर ओलीले प्रष्टोक्ति दिएका हुन् ।

स्थानीयस्तरमा यस्तो चर्चा चल्न थालेपछि राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनकै आग्रहमा ३ नम्बर क्षेत्रको भद्रपुरमै ओलीले बिहीबार दोस्रोपटक सम्बोधन गरे । यसअघि पनि ओली उक्त निर्वाचन क्षेत्रमै पुगेर सम्बोधन गरेका थिए । ‘काँग्रेसका उम्मेदवार भलाद्मी होलान् तर माथि ९केन्द्र० मा गएर बिगार्ने नै हुन, बिगार्ने ठाउँमा उनीहरू सहभागी हुन्छन्,’ उनको भनाई थियो,‘राप्रपासँग तालमेल भईसकेपछि कुनै पनि हालतमा बेइमान हुन दिने छैनौँ ।’ सँगै उनले राप्रपाले लिएको संवैधानिक राजतन्त्रको सैद्धान्तिक अडानप्रति भने व्यंग्य गरे । ‘मरेको राजतन्त्र अब व्यूतिन्न’ ओलीले भने,‘महादेवले सतीदेवी काँधमा हाल्दा त सतीदेवी व्युँतिइनन् भने मरीसकेको राजतन्त्र कसरी व्यूउँतेला रु यस्तो थोत्रा कुराका पछि नलाग्नुहोस ।’

०६४ सालको चुनाव बाहेक निरन्तर झापाबाट निर्वाचित हुँदै आएका ओलीलाई यति बेला भावी प्रधानमन्त्रीको रूपमा समेत लिन थालिएको छ । सार्वजनिक रूपमा ओली स्यमले बाम गठबन्धनको नेतृत्वमा एमाले रहने भन्दै आफू प्रधानमन्त्री हुने सङ्केत समेत सार्वजनिक रूपमै गरे । झापामा तेस्रो राजनीतिक शक्ति रहेको राप्रपा वाम गबठन्धनमै जोडिएकाले ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भने कुनै खतरा महसुस गरेका छैनन् । ओलीविरुद्धको प्रतिस्पर्धामा काँग्रेसका डा। खगेन्द्र अधिकारी छन् । प्राध्यापन पेसाबाट राजनीतिमा प्रवेश गरेका काँग्रेस उम्मेदवार अधिकारी नयाँ अनुहार हुन । गत सोमबार गौरादहमा भएको आसमभाबाट उनी उत्साही भएको बताउँछन ।

‘सभापति देउवाको आग्रहमा छोटो समयमै कार्यक्रम राखें, तर हजारौँ मानिस आए । यसबाटै मलाई चुनाव जित्न सकिन्छ भन्ने आधार मिलेको छ,’ उनले भने, ‘ओलीलाई जित्न त्यति सहज छैन । मेरो कडा प्रतिस्पर्धा छ ।’ त्यही गौरादहकै कार्यक्रममा काँग्रेसका पूर्व महामन्त्री सिटौला र केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा अनुपस्थित थिए । एमालेलाई नचिढाउने रणनीति अन्तर्गत उनीहरू सहभागी नभएका हुन् ।

झापामात्रै होइन, यति बेला मुलुकको राजनीति नै एमाले अध्यक्ष ओलीको वरिपरि घुमेको छ । तर, काग्रेस उम्मेदवार जति ‘हेभिवेट’ भए पनि झापा(५ मा काप्नुपर्ने अवस्था नरहेको बताउँछन् । भावी प्रधानमन्त्री भनेरै प्रचार भए पनि सम्भव नभएको दाबी अधिकारीले गरे । माओवादीसंगको गठबन्धन चुनावपछि तोडिने र कथम् चुनाव जितेपनि ओली प्रधानमन्त्री बन्न नसक्ने भन्दै भावी प्रधानमन्त्रीको प्रचारलाई उनले खण्डन गरे । यसमा ओलीको जबाफ छ,‘पार्टी प्राविधिक रूपमा चुनावअघि एकता नभएको मात्रै हो, चुनावपछि एकता हुन्छ । एमालेले कम्युनिस्ट गठबन्धनको नेतृत्व गर्छ ।’

स्थानीय तहको चुनावमा ओलीको निर्वाचन क्षेत्रमा पर्ने चार स्थानीय तह मध्ये गौरादह नगरपालिका काँग्रेस, गौरीगन्ज गाउँपालिकामा राप्रपाले जितेको छ । दमक नगरपालिका र कमल गाउँपालिकामा एमालेले जितेको छ । कमलमा कांग्रेसंग मत बराबर भएको थियो । यद्यपि गोलाप्रथाबाट एमालेले जितेको हो । दमकमा पनि दोस्रो प्रतिस्पर्धामा राप्रपा नै थियो । मतान्तरको हिसाबले एमाले, राप्रपा र माअ‍ोवादी केन्द्रले स्थानीय तहको चुनावमा पाएको मतको तुलनामा काँग्रेस ३० हजारले पछि छ । झापामा राप्रपाको गठबन्धन बामपन्थीसंगै भएका कारण एमाले अध्यक्ष ओलीका लागि नतिजा सहज देखिन्छ । राप्रपासंगको गठबन्धन नबनेको भए स्वयम् ओली दबाबमा हुन्थे ।

‘जिल्लामा राप्रपा तेस्रो राजनीतिक शक्ति भएकाले उसँग काँग्रेस मिल्दा अध्यक्ष ओली स्वयम् अप्ठ्यारो पर्ने स्थिति थियो’ एमालेका स्थानीय नेता पुष्पराज पोखरेलले भने,‘एमाले र माओवादी गदठबन्धनसंग राप्रपाको तालमेल भएपछि अध्यक्षलाई ९ओली० सहज भएको छ ।’ स्थानीय तहमा प्राप्त अंकगणित भत्किने काँग्रेस उम्मेदवार अधिकारी बताउँछन । भावी प्रधानमन्त्रीसँग प्रतिस्पर्धा गर्दा तपाईँलाई अप्ठ्यारो होला नि रु भन्ने प्रश्नमा उनी भन्छन्,‘जनतासँंग डराउने हो, म एमाले अध्यक्ष ओलीसंग डराएको छैन ।’

बाम गठबन्धनलाई जिताउन देश दौडाहमा रहेका ओली मङ्सिर १६ सम्म गृहजिल्लामा व्यस्त हुनेछन् । यस बिचमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसंग रहनेछन् । ओलीले गृहजिल्लामा भने अन्यन्त्र जस्तो रेल दौडाउने र विकासका ठुला योजना भने सुनाएनन् । तर, झापाको विकासको जिम्मा सबै आफूले लिने उद्घोष गरे । ‘झापाको विकासका लागि कति बजेट चाहिन्छ छुट्याउने जिम्मा मेरो भयो’ ओलीको भनाइ थियो,‘जिल्लाबाट सबै बाम गबठन्धनका उम्मेदवारलाई जिताउनु होस, विकास म गरेर देखाउँछु ।’

झापाको सबै विकासको जिम्मा आफूले लिने बताएका ओलीलाई काँग्रेस उम्मेदवार अधिकारीले प्रश्न गरे(०४८ सालपछि एउटा निर्वाचन बाहेक सबै जितेर जानु भयो । प्रधानमन्त्री बन्नुभयो, गृह र परराष्ट्र मन्त्री हुनुभयो । खै त जिल्लाको विकास भएको रु’ उनले जिल्लाका दोस्रो जनसङ्ख्या रहेको आदिवासीको उत्थानमा कुनै काम नगरेको आरोप लगाए ।

अधिकारीले ओलीको क्षेत्रमा राप्रपाको उम्मेदवार नभएकाले काँग्रेसलाई मत आउने दाबी गरे । राप्रपा अध्यक्ष कमल थापाले निरन्तर बाम गठबन्धनको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै त्यसको प्रभाव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने उनको दाबी छ । ‘प्राविधिक कारणले मात्रै झापामा कांग्रेससंग गठबन्धन बन्न सकेन, तर देशभरीनै काँग्रेस र राप्रपाको गठबन्धन त छ नि’ उनले भने,‘सैद्धान्तिक विषय निर्वाचन क्षेत्र हेरेर हुँदैन । राप्रपाका कार्यकर्ता र मतदाताले बुझ्लान् नि । अाजकाे कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =