कैलालीमा सर्वदलिय बैठक सुरु, केहिबेरमा मतगणना शुरु हुने

बिष्णु जोशी
धनगढी, मंसिर २२ । कैलालीमा मत गणनाको बिषयमा छलफल गर्न सर्वदलिय बैठक सुरु भएको छ । क्षेत्रिय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बिहान ८ बजे बैठक बस्ने भने पनि केहि दलका प्रतिनिधि समयमै नपुग्दा ढिलो गरी बैठक सुरु भएको बताइएको छ ।

क्षेत्र नम्बर ५ मा १० बजेबाट मतगणना गर्नेबारे छलफल भईरहेको बताइएको छ । क्षेत्र नम्बर २ र ४ अन्तरगत पर्ने पहाडी क्षेत्र चुरे र मोहन्याल गाउँपालिकाबाट मत पेटिका धनगढी आईपुगेका छैनन् । ती क्षेत्रका मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ मा मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत को कार्यालय ले जनाए कोछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =