मोरङका सुजितकुमार कपडा सिलाएर बने डाक्टर

असार ६ । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुई चार रूपैयाँका भरमा भाडाको कोठामा चार जनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो।

Dr.Sujit Kumar Darnal.

त्यही कामका लागि पनि दिर्घरोगी बाबुलाई साँझ बिहान र बिदाका समयमा सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । आजको नागरिक दैनिकमा दीपक दाहाल अगाडि लेख्छन्- जति धेरै दुःख गरे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन। बरू बढ्दै गयो। त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने। त्रिवि अन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए।

नेपालमै सबैभन्दा महंगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्न वर्गिय परिवारमा जन्मिएका व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय थियो। ‘डाक्टर बन्ने त सोचेकै थिइनँ,’ सुजितले भने,‘ समयले बाटो देखायो र डाक्टर बनायो ।’

तेह्रथुममा जन्मिएका गंगाराम २०४५ सालमा लेटाङ झरेसँगै दर्नाल परिवारको भविस्यको ढोका खुलेको हो । अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेरै छोराछोरीलाई स्कुल पठाए । स्थानीय शान्ति भगवती उच्च मावीबाट उनले स्कुले शिक्षा पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =