यी हुन् सलमानका रिलिज नभएका १० चलचित्र

एजेन्सी । सलमान खान बलिउड चलचित्र उद्योगमा चर्चित नाम हो । आज पनि धेरै अग्रज चलचित्र निर्देशकहरु फिल्ममा लिनका लागि उनको पछि लाग्ने गर्छन् । यही महिनाको ईदमा उनको नयाँ चलचित्र ट्यूबलाइट प्रदर्शनमा आउँदैछ । आफ्नो केन्द्रियतामा एकपछि अर्को सुपरहिट चलचित्र दिने सलमान खानको करियर सुरु हुँदाका दिनहरुमा त्यस्ता पनि चलचित्र बने जसले कहिले फिल्म हलसम्म आउने सक्ने क्षमता नै राखेनन् ।

ती चलचित्रमध्ये सलमान खानले आफ्नो भाई अरबाज खानसँग ‘एै मेरे दोस्त’ नाम गरेको चलचित्रमा अभियन गरेका थिए । जसमा दिव्या भारती र करिश्मा कपूर पनि मुख्य भूमिकामा थिए तर फिल्मको एउटा गीत तयार गरेर काम केही अघि बढाउँदासम्म दिव्या भारतीको मृत्यु भयो र उक्त चलचित्र बीचमै रोकियो ।

सोमी अलीको साथमा प्रमूख भूमिकामा निर्माण भएको सलमान खानको चलचित्र बुलंदलाई पनि आधाभन्दा बढी शूट गरिसकेपछि केही अज्ञात कारणले त्यसको काम रोकिएको थियो ।

त्यस्तै उनको आफ्नै सानो भाई सोहेल खानको निर्देशनमा र पूजा भट्ट र अनिल कपूरजस्ता चर्चित कलाकारको साथमा बन्न लागेको ‘राम’ नामक चलचित्र पनि काम शुरु भएको केही समयमै रोकिएको थियो ।

‘चोरी मेरा नाम’ नामक चलचित्र जसमा सुनिल शेट्टी, शिल्पा सेट्टी र काजोलजस्ता कलाकारसँग बन्न लागेको उनको फिल्मलाई पनि बिचमै रोकिदिइएको थियो ।

सलमान खान र सञ्जय दत्तको ‘दश’ नामक चलचित्र पनि निर्देशक मुकुल एस आनन्दको असामयिक मृत्युको कारणले रोकिएको थियो । यद्यपी त्यस चलचित्रको एक गीत भने सन् १९९९ मा एक म्युजिक भिडियो मार्फत सार्वजनिक गरिएको थियो ।

निर्देशक डेविड धवनसँग ‘जुडुवा’ जस्तो सुपरहिट चलचित्र दिनु अघि डेविड धवनले गोविन्दा, सलमान खान र जेक्की श्राफ जस्ता सुपरस्टारसँग ‘राजु, राजा, राम’ नामको चलचित्र दिने भएका थिए तर त्यस्तो ठूलो स्टारकास्टको निम्ती लगानी नमिल्दा त्यस चलचित्र रोकिएको थियो ।

दोहोरो भूमिकामा रहेको चलचित्र जुडुवाको सफलता पछि अनिज बज्मी सलमान खानसँग ‘आँख मिचोली’ नामक चलचित्र निर्माण गर्न चाहन्थे । जसमा सलमान खानको दोहोरो भूमिका रहेको थियो तर सलमानको व्यस्तताले उक्त चलचित्र अघि बढ्न पाएन ।

निर्देशक केतन धवनले सलमान खान, संञ्जय दत्त र अरमान कोहलीलाई लिएर एक चलचित्र ‘जलवा’ बनाउने योजनामा थिए तर केही दुविधाको कारणले उनले उक्त योजनालाई स्थगित गरेका थिए ।

रविना टन्डनसँग सलमानको चलचित्र ‘सागर से गेहेरा प्यार’ को निर्माण हुने घोषणा त गरियो तर उक्त चलचित्र कहिले पनि पूरा हुन पाएन ।

नगमा र संगिता विजलानिको साथ निर्माण गरिने भनिएको उनको चलचित्र ‘हेन्डसम’ पनि निर्माण हुन अगाडि नै रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =