काँग्रेस वडाअध्यक्षका उम्मेदवारमाथी नकपाको हमला
२०७६ मंसिर १२ गते

मंसिर १२, धनगढी । बैतडीको मटेला भन्ने स्थानमा दुई पाटीबीच झगडा हुँदा वडाअध्यक्षका एक उम्मेदवार घाईते भएका छन् ।
प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ मा उप–निर्वाचनका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्रप्रसादलाई हातपात गर्दा उनी घाइते भएका हुन् ।
उपनिर्वाचनको अन्तिम चरणमा रहेका बेला चुनाव प्रचार प्रसारमा जुटेका दुई पाटीबीच आमनेसाम्ने हुँदा विवाद भएको र साेही विवादले झगडाको रुप लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार झगडापछी घाइते भएका वडाअध्यक्षका उम्मेदवार भट्टलाई उपचारपछी घर फकाईएको छ ।
२०७६ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








