काँग्रेस वडाअध्यक्षका उम्मेदवारमाथी नकपाको हमला

मंसिर १२, धनगढी । बैतडीको मटेला भन्ने स्थानमा दुई पाटीबीच झगडा हुँदा वडाअध्यक्षका  एक उम्मेदवार घाईते भएका छन् ।   

प्रहरीका अनुसार  नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ मा उप–निर्वाचनका लागि नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्रप्रसादलाई हातपात गर्दा उनी घाइते भएका हुन् ।   

उपनिर्वाचनको अन्तिम चरणमा रहेका बेला  चुनाव प्रचार प्रसारमा जुटेका दुई पाटीबीच आमनेसाम्ने हुँदा  विवाद भएको र साेही विवादले  झगडाको रुप लिएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Image result for बैतडी

प्रहरीका अनुसार  झगडापछी घाइते भएका वडाअध्यक्षका उम्मेदवार भट्टलाई उपचारपछी घर फकाईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =